एजेन्सी । बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले प्रधानन्यायाधीश हसनले राजीनामा दिएको पुष्टि गरे । सल्लाहकार नजरुलले राजीनामा राष्ट्रपति कार्यालयमा पठाइएको बताए । शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बङ्गलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र सात जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कानुनमन्त्री नजरुलले अरू न्यायाधीशको भने राजीनामा नआएको बताए ।
बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनद्धारा राजीनामा