काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २.२६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४५.६९ अंक बढेको नेप्से परिसूचक २०६४ अंकमा पुग्यो । यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ । जीवन र निर्जीवन बीमा सबैभन्दा धेरै बढे ।
आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लघुवित्तको ८.४, माउन्टेन हाइड्रो नेपालको ७.९, रुरुको ७.४, रिभरफल्स पावरको ७.१ तथा एनआईसी एसिया बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो ।
माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । पिपुल्स पावरको ७.७, बाराही हाइड्रोपावरको ६.३, गुराँस लघुवित्तको ५.२, दोल्ती पावरको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, फस्र्टमाइक्रोफाइनान्स, हिमालयन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।