काठमाडौं, भदौ २४ । प्रतिकूल मौसम सँगै बन्द भएको पोखरा जोमसोमको उडान तारा एयरले सोमबार देखि नियमित सञ्चालन गर्ने भएको छ। विस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित गरिने लागेको हो। जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ ।
हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ। तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाटै संचालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २ हजार ७३६ मिटर उचाईमा रहेको छ भने यस एयरपोर्टको लम्बाई ७३९ मिटर छ ।