Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिन हुन्नः ज्ञानेन्द्रबहादुर कार्की


एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिन हुन्नः  ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिन नहुने बताएका छन ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहेका कार्कीले एनसेलको विषय गम्भीर भएको भन्दै आगामी दिनमा नदोहोरीने गरी त्यहाँका समस्या सधैँका लागि अन्त्य गर्नुपर्ने बताए । उनले लगानीमैत्री वातावरण र सन्तुलित आर्थिक विकास बिना मुलुक समृद्धिको दिशामा जान नसक्ने बताए ।

उनले भावनामा बगेर कुरा गरेर मात्रै पनि मुलुकको आर्थिक विकास हुन नसक्ने बताए । उनले आन्तरिक उद्योग र वैदेशिक लगानीलाई संरक्षण गर्ने नीतिलाई प्रमुख प्राथमिकतामा राख्न आवश्यक रहेको बताए ।

समितिको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक खड्काले कानुनी छिद्रताको प्रयोग गरी शेयर खरिदबिक्री गरेकाले कर्मचारीलाई मात्रै दोष लगाएर नहुने बताए।

उनले नेपालको कानुन निरीह हुँदा अर्थतन्त्र माफियाको हातमा रहेको आरोप लगाए । सांसद खड्काले पनि नेपालमा लगानीको वातावरण नभएको भन्ने आजियटाको भनाइप्रति आपत्ति जनाए ।

बैठकमा अधिकांश सांसदले आजियटाको सीईओले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनीहरुले कुनै कम्पनीले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने प्रचार गर्नु गम्भीर रूपमा लिन आवश्यक रहेको उल्लेख गरे।