Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु


मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु

काठमाडौं । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल सुरू भएको छ । दशैंको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु भएको हो ।

निधारमा रातो टीका लगाएका सर्वसाधारणहरू सडकका देखिएका छन् । काठमाडौं उपत्यकामा सार्वजनिक गाडी फाट्टफुट्ट रूपमा मात्रै चलेका छन् भने निजी गाडीको संख्या बढ्दै छ । 

काठमाडौं उपत्यकामा भने हिजो र आज नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क बस सञ्‍चालन गरेको छ । यस्तै पश्चिम नेपालका केही जिल्लामा भने विजया दशमीको दिन मात्र टीका थाप्ने चलन भएकाले मान्यजनको हातबाट टीका लगाउने चटारो छ ।  तर अरु भेगमा भने आजदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।