काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मर्दी हिमालको आधार शिविर (बेस क्याम्प)मा शुक्रवार मानव अवशेष फेला परेको छ । अवशेष गएको पुस १४ गतेदेखि सम्पर्कविहीन भएका २२ वर्षीय माइकल लिउको भएको पुष्टि भएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अवशेष लिउकै भएको पुष्टि भएको जानकारी दिए ।
वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा प्रहरी बेस क्याम्प हिँडेको हो । आइतबार पालिकामा भएको छलफलपछि माछापुच्छ्रे गाउँपालिकाले स्थानीय भेडी गोठाला गोविन्द गौतम र होटेल व्यवसायी चिमनारायण गौतमलाई फेरि त्यहाँ पठाइएको छ ।