काठमाडौं । इजरायली सेनाले गाजापट्टीको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा प्यालेस्टिनी हमास लडाकुहरू विरुद्ध बुधबार छापा मारेको छ । इजरायली सेनाले हमासहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ ।
गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ताले आउँदो मिनेटमा शिफा अस्पताल परिसरमा छापा मार्ने इजरायलले बताएको उल्लेख गरेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा.मुनिर अल-बुर्शले अल जजीरा टेलिभिजनसँग इजरायली सेनाले मेडिकल कम्प्लेक्सको पश्चिमी भागमा छापा मारेको बताए। हामी रहेको क्षेत्रहरूमा ठूला विस्फोटहरू र धुलो पसेको छ।
हामीलाई विश्वास छ कि अस्पताल भित्रै विस्फोट भएको हो,बुर्सले भने। एक विज्ञप्ति मार्फत् इजरायल डिफेन्स फोर्स आईडीएफले भनेको छस् गुप्तचर सूचना र परिचालन आवश्यकताको आधारमा, आईडीएफले शिफा अस्पतालको निर्दिष्ट क्षेत्रमा हमास विरुद्ध गरिरहेका छन्।
गाजामा इजरायली हमलाको पाँच सातापछि मानवीय युद्धविरामको लागि विश्वव्यापी आह्वान भएको थियो । यही समयमा अल शिफामा इजारायलले निशाना साँधेको छ ।