Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

पाउडर दुध ल्याएर कमिसन खाने परम्पराले दूध किसानले भक्तानी पाएनन्ःदेवप्रसाद तिमिल्सना


पाउडर दुध ल्याएर कमिसन खाने परम्पराले दूध किसानले भक्तानी पाएनन्ःदेवप्रसाद तिमिल्सना

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सनाले विदेशबाट पाउडर दुध ल्याएर कमिसन खाने परम्परा बढेको आरोप लगाएका छन् । उनले कमिसनको खेल बढेकाले सरकारले दूध किसानको भुक्तानी नगरेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘विदेशबाट पाउडर ल्याएर कमिसन खानलाई सरकार मग्न छ’ उनले भने । कांग्रेस सांसद तिमिल्सनाले प्रतिपक्षमा रहँदा ज्वालाकुमारी साहले दूध किसानले भुक्तानी नपाएको भनी कुरा उठाएको तर कृषि तथा पशुपंक्षी विकासमन्त्री भएपछि त्यस सम्बन्धमा पहल नलिएको पनि बताएका छन् । उनले भने ‘प्रतिपक्षमा हुँदा आवाज उठाउनुभएको थियो । अहिले कृषिमन्त्री भएको १० दिन भइसक्यो । कहिले पाउने हो दूध किसानले भुक्तानी ?’