काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित महामन्त्री मुलुक ढकालले आफ्नो निष्कासन प्रक्रिया अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनले आफ्नो पदको वैधानिकता दाबी गरेका छन् । ढकालले रास्वपाको अवैधानिक बैठकले आफूलाई महामन्त्री र प्रवक्ताबाट हटाउने निर्णय गरेको उल्लेख गर्दै उनले आयोग पुगेर उक्त निर्णय संविधान र राजनीतिक दलसम्बन्धी कानुनको विपरीत भएको दाबी गरेका हुन् ।
ढकालले आइतबार आयोग कार्यालय पुगी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासामु ‘रास्वपाको अवैधानिक बैठकको पदाधिकारी हेरफेरसँग सम्बन्धित निर्णय राजनीतिक दल सम्बन्धीको ऐन दफा ५१ अनुसार अद्यावद्यिक नगर्नका बारेमा’ भन्दै ५ बुँदा उल्लेख गर्दै निवेदन दिएका थिए । उनले आफूलाई पार्टीको महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पद मुक्त गरिएको रहेछ, भने उक्त निर्णय तपसिल बमोजिम आधारका कारण अवैधानिक रहेको जानकारीका आयोगमा पेश गरेका हुन् ।