काठमाडौं, भदौ १ । नेपालिले गत वर्ष भ्रमणमा मात्र खर्च १ खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय (खर्च) ४८.४ प्रतिशतले वृद्धि भएको हो । यसमध्ये शिक्षातर्फको खर्च १ खर्ब ४२ करोड रहेको छ ।
अघिल्लो वर्ष भ्रमण खर्च ९७ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको खर्च ६७ अर्ब ७० करोड रहेको थियो । गत वर्ष भ्रमण आय (आम्दानी) भने ८९.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ३२ अर्ब ४५ करोड रहेको थियो ।