Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना, रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै जाने अपेक्षा


महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना, रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै जाने अपेक्षा

काठमाडौँ । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । यस सम्बन्धमा गत बिहीबार महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए ।

बैठकमा संययुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का अध्यक्ष योगेन्द्र कुँवरले गत मंसिरमा भएको समझदारी पत्र समीक्षा गर्नका साथै आगामी दिनहरूमा आउनसक्ने चुनौतीहरुको द्विपक्षीय रूपमा न्यूनीकरणका उपायहरु पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउँदै जान पर्ने जरुरी रहेको बताए । यस्तै नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष (जीफण्ट)का अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडि बढने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले गत मंसिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्वलगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गरिनुपर्ने विषयमा छलफल बैठक आयोजना हुन पर्ने कुरालाई जोड दिए । द्विपक्षीय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्याहरु सरकारमा जानुभन्दा अगाडि दुई पक्षका बीच छलफल हुनका साथै अन्तराष्ट्रिय अभिसन्धिहरू पास गर्ने सम्बन्धमा द्विपक्षीय छलफल जरुरी रहेको विषयलाई जोड दिइएको थियो ।