Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेबोनको अध्यक्षकालागि थप दुई जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण सम्पन्न


सेबोनको अध्यक्षकालागि थप दुई जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण सम्पन्न

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि आज थप दुई जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण सम्पन्न भएको छ । यसअघि अन्तरवार्ता तथा प्रस्तुतीकरणमा छुटेका उम्मेदवारहरूमध्ये कृष्णबहादुर कार्की र नवराज अधिकारीको आज अन्तर्वार्ता भएको हो । अघिल्लो पटक उपस्थित नभएका चिरञ्जीवी चापागाईँ आज पनि अन्तर्वार्ता दिन गएनन् ।

दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् । आज थप दुई जनाको अन्तर्वार्ता भएपछि अब यी चारमध्ये तीन जनाको नाम सिफारिस समितिले मन्त्रिपरिषदसमक्ष पेस गर्नेछ । त्यसमध्ये मन्त्रिपरिषदले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ । २०८० पुस २० गतेदेखि धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त छ । छनोट सिफारिस समितिले १९ उम्मेदवारबाट पाँच जनाको नाम सर्टलिस्टमा पारेको थियो ।