Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भनेः डेडिकेटेड र ट्रङ्कलाइन विवादको जड उद्योगी व्यवसायी


विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भनेः डेडिकेटेड र ट्रङ्कलाइन विवादको जड उद्योगी व्यवसायी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइन विवादको जड उद्योगी व्यवसायी भएको आरोप लगाएका छन । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरे । उनले डेडिकेटेड र ट्रङ्कलाइन प्रयोगबापत पठाएको बिलमा चित्तबुझ्दो नहुँदा पनि व्यवसायीले अहिलेसम्म पुनरावेदन नगरेको भन्दै प्रश्न उठाए ।

उनले उद्योगी व्यवसायीलाई विद्युत प्राधिकरणले पठाएको कुनै पनि बिलमा चित्त नबुझ्दा पुनरावेदन गर्न पाउने भए पनि अहिलेसम्म कतै नगएर विवाद सिर्जना भएको बताए । व्यवसायीलाई प्राधिकरणले पठाएका बिल चित्त नबुझ्दा प्राधिकरणको पुनरवलोकन समितिमा जान पाउने र समितिमा छलफल गरी निर्णय हुने गरेको बताए ।

अहिलेसम्म डेडिकेटेड र ट्रङ्कलाइनमा विवाद गर्ने उद्योगीमध्ये पशुपति मुरारका एक जनाले मात्रै प्राधिकरणमा आवेदन दिएको भन्दै प्राधिकरणले निर्णयसमेत गरिसकेको बताए । उनले प्राधिकरणले पठाएको बिल चित्त नबुझेको भए उद्योगी व्यवसायी पुनरावेदनमा किन आउनुभएन ? भन्दै प्रश्न गरे ।