Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संघीय सरकार विरुद्ध मुद्दा दिने बागमती सरकारको निर्णय


संघीय सरकार विरुद्ध मुद्दा दिने बागमती सरकारको निर्णय

काठमाडौं, भदौ २७। बागमती प्रदेश सरकारले आफ्नो अधिकार हस्तक्षेप गरेको भन्दै संघीय सरकार विरुद्ध मुद्दा दिने निर्णय गरेको छ । बुधबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले संविधानले प्रदत्त गरेको अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गरेको भन्दै मुद्दा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको तर्फबाट रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो ।

सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ को दफा १२ को १० विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए । उनका अनुसार सो ऐनले संघीय राजधानी र काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात सेवा संघीय सरकार मातहत रहने गरी संघीय सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्ने भनिएको छ । सो ऐनको विरुद्धमा सर्वोच्चमा रिट दायर गर्ने निर्णयमा प्रदेश सरकार पुगेको उनले बताएका छन् ।

संविधानको अनुसूची ६ मा प्रदेशको एकल अधिकार सूचीमा सवारी साधन कर, यातायात र प्रदेश लोक मार्ग उल्लेखित गरिएको छ । प्रदेशको उक्त अधिकारमा संकुचन आउने गरी संघीय संसदबाट सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ पारित गरी २०७९ असोज ९ गते राजपत्रमा समेत प्रकाशित गरिएको प्रदेश सरकारको अधिकार खोज्नका लागि सर्वोच्च जाने निर्णयमा पुगेको उनले बताएका छन् ।