Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मालपोत कार्यालयका दुईजना कर्मचारी पक्राउ


मालपोत कार्यालयका दुईजना कर्मचारी पक्राउ

काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित मालपोत कार्यालयका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार घुससहित पक्राउ परेका हुन्।

जग्गा नामसारी गरेवाफत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई घुस लिइसकेको अवस्थामा इनरुवा नगरपालिका ३ मालपोत चोकबाट आज नियन्त्रणमा लिएको हो। उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले बताएको छ।