काठमाडौं । ग्लोबल आइएमई बैंक र यती एयरलाइन्सबीच सहकार्यमा भएको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्किम’ शुभारम्भ गरेको छ । काठमाडौँमा हालै आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् ।
पछिल्लो ‘ग्लोबल स्काई क्लब कार्ड स्किम’मार्फत पहिलो पटक यती एयरलाइन्सको टिकट खरिद गर्दा ‘निःशुल्क’ उपलब्ध हुने भएको छ । नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छूट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्ने छन् ।
विमानस्थलमा प्राथमिकता, ५ किलोग्राम अधिक तौल सुविधा
ग्लोबल स्काई क्लब कार्डवाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् । यती एयरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ । यस्तो कार्डवाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सीमा भन्दा ५ किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एअरलाइन्समा पाइने भएको छ ।