Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आजको विदेशी मुद्राको विनिमय दर, डलरको भाउ स्थीर


आजको विदेशी मुद्राको विनिमय दर, डलरको भाउ स्थीर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ९८ पैसा र बिक्री दर १६६ रुपैयाँ ७३ पैसामा खरिदबिक्री गरिँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४।५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९३रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ४ पैसा बराबर भाउ पाउँदा दक्षिण कोरिया १०० को खरिदमा ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१६ रुपैयाँ र बिक्री दर ३५.३२ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४७ रुपैयाँमा कारोबार हुनेछ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२७.५९ पैसा तथा बिक्रीदर ४२९.५३ पैसा कायम भएको छ ।