Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अख्तियारमार्फत् एक वर्षमा १६२ वटा भ्रष्टाचारका मुद्दा दायर


अख्तियारमार्फत्  एक वर्षमा १६२ वटा भ्रष्टाचारका मुद्दा दायर

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९,०८० मा १६२ वटा भ्रष्टाचारका मुद्दा दायर गरेको छ। ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिरएको अख्तियारले बताएको छ।अख्तियारमार्फत गत वर्ष १६२ वटा भ्रष्टाचारका मुद्दा दायर आयोगका प्रवक्ता भोला दाहालले सोमबार पत्रकार सम्मेलन गर्दै विशेष अदालतमा दायर मुद्दामध्ये सबैभन्दा बढी संघीय मामिला मन्त्रालय र स्थानीय तहका भ्रष्टाचारसम्बन्धी छन्।

त्यसपछि भूमि व्यवस्था मन्त्रालयका छन्। प्रवक्ता दाहाले ३६ प्रतिशत मुद्दा संघीय मामिलाका रहेको बताए। एक वर्षमा ७६६ जनाबाट १ अर्ब ७५ करोड २१ लाख ६ हजार ६ सय ३४ रुपैयाँ बिगो माग दाबी गरिएको छ। १६२ मध्ये सबैभन्दा बढी ६४ वटा मुद्दा गैरकानुनी लाभ गरेका छन्। त्यस्तै ३२ वटा मुद्दा घूससँग सम्बन्धित छन्।सार्वजनिक सम्पत्ति हानि नोक्सानीका २७ वटा मुद्दा छन्। भ्रष्टाचार मुद्दा लागेका ७६६ मध्ये एक जना विशिष्ट श्रेणी, २१४ जना अधिकृतस्तर, १४४ जना छन्। त्यस्तै निर्वाचित र मनोनीत २०९ जना र मतियार १९८ जना रहेका छन्।