Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकद्वारा मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज


राष्ट्र बैंकद्वारा मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज

काठमाडौं, असोज ९। नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ। भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्ने गरी यो कम्पनीले ०७६ असोज ३० मा नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र लिएको थियो । यो कम्पनीले निर्देशन विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले अनुमतिपत्र खारेज गरेको राष्ट्र बैंकले बताएको छ।

यस बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी २०७६ असोज ३० मा अनुमतिपत्र प्राप्त मोहर डिजिटल प्रालिले भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड छ र ज बमोजिमको कसुर गरेको देखिएकोले भुक्तानी तथा फर्स्यौट विनियमावली प्रथम संशोधन, २०८००, २०७७ को विनियम ३५ को खण्ड ग को व्यवस्थाबमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज गरिएको छ, राष्ट्र बैंकको सूचनामा राखिएको छ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।