Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालको अर्थतन्त्रमा देखिएको समस्या कोभिड र रुस–युक्रेन युद्ध लगायत हुनः गभर्नर अधिकारी


नेपालको अर्थतन्त्रमा देखिएको समस्या कोभिड र रुस–युक्रेन युद्ध लगायत हुनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य र आन्तरिक क्षेत्र सकारात्मक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ३९ औं एसियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्समा उनले सन् २००८ मा विश्व अर्थतन्त्रमा देखिएको संकटको असर, कोभिड–१९, रुस–युक्रेन युद्ध जस्ता दुई ठूला अन्तर्राष्ट्रिय समस्या र नेपालमा पटकपटक आएको भूकम्पले पारेको असर समेत सामना गर्दै नेपाली अर्थतन्त्र स्टेबल रहेको बताए ।

उनले कोभिड–१९ महामारीले बैंकिङ क्षेत्रलगायत उद्योग व्यवसायमा परेको प्रभावले केही व्यवसाय बन्द हुँदा समेत बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिको कारण अर्थतन्त्रमा लयमा आउन सफल भएको उल्लेख गरे । उनले वित्तीय क्षेत्र र नेपाल राष्ट्र बैंकको सहयकार्यमा कारोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र रिकभर गर्न सफल भएको बताए । उनले राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तरको मर्जर नीति र नियमनको कारण अर्थतन्त्र संकटबाट बचाउन सकिएको बताए ।

उनले बैंकिङ प्रणालीले सबै संकटहरु समाधान गर्दै आएकाले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको बताए । उनले नेपाली बैंकहरुले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको बताए । उनले यतिबेला विश्व बजारका बैंकिङ क्षेत्रमा ठूलो चुनौति देखिएको बताए । उनले पछिल्लो समयमा मुद्रास्फिति बढीरहेको र विभिन्न मुलुकहरुले महँगीको सामना गरेको बताए । उनले बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै दक्षिण एशियामा वित्तीय पहुँच बढ्दै गएको बताए ।