Friday, September 19, 2025

२०८२ आश्विन ३, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिका पुर्याउने भन्दै ५० लाख लिएर चितवनका मोहन श्रेष्ठ फरार, विभागमा उजुरी


अमेरिका पुर्याउने भन्दै ५० लाख लिएर चितवनका मोहन श्रेष्ठ फरार, विभागमा उजुरी

काठमाडौं । चितवन ठोरी—४ का मोहन श्रेष्ठ(सुरेन)ले दाङ र रुकुमपश्चिमका दुई युवाबाट करिब ५० लाख रुपैयाँ लिएर सम्पर्कविहिन भएका छन् । छोटोबाटो अमेरिका पुर्याउने भन्दै दुई युवाबाट पटक—पटक गरि ५० लाख लिएका श्रेष्ठ करिब ४ महिनादेखि युवाहरुको सम्पर्कमा नभएको पीडित युवाले बताए । नौं महिना अघि छिमेकी दाईको सल्लाहमा तल्लोबाटो हुदैं अमेरिका जाने सपना बुनेका उनि सहित अर्का एक युवक अहिले नत अमेरिका पुगे, नत दलाललाई पठाएको रकम नै फिर्ता पाएका छन् । महिनौं हुदापनि अमेरिका पुर्याउने संभावना नभएपछि अहिले उनिहरु दलाललाई दिएको रकम फिर्ताको पहल गरिदिन विभिन्न निकायमा धाइरहेका छन् ।


हिजो ३० दिनमै अमेरिका पुर्याउने सपना देखाएका दलाल चितवन ठोरी—४ पर्साका मोहन श्रेष्ठ(सुरेन)अहिले सम्पर्कमा छैनन् । उनको फोन पनि अफ छ, भने सम्पर्कमा नआएको पनि महिनौं भइसक्यो पीडित युवाले भने । जोखिम मोलेर तल्लोबाटोबाट अमेरिका जाने होडबाजीमा लाखौं रकम डुवायौं, अहिले आफन्ती, परिवारका अघि मुख देखाउन समस्या भइरहेको छ, उनिले सुनाए, रुकुमपश्चिम चौरजहारी नगरपालिका एक युवक अमेरिका जाने सपना देख्नुअघि दाङमा अच्छाखास्साको व्यवसायगरि बसिरहेका थिए ।

देशमा अचानक आर्थिक मन्दी देखिन थाल्यो, युक्रेन लगायत देशमा बढ्दो युद्वका कारण नेपालको व्यापारमा केहि तरलता आउदै गर्दा बैंकबाट महंगो ब्याजमा लिएको ऋणको बोझले थलिन थाले । उनिले भने, यहि आशा र भरोशामा रुकुमपश्चिमका दुई युवा चितवनको ठोरीका मोहन श्रेष्ठको जालमा सजिलै परे, चिनेकै दाईको सम्पर्कबाट दलाल श्रेष्ठलाई भेट्न चितवन पुगे उनीले सुनाए । दलालले नेपालबाट दुबई हुदैं पुग्ने त्यहाँ अर्काे एजेण्ट भएकाले बाटोमा लाग्ने ५५ लाख प्रतिव्यक्ती बैंकमा जम्मा गरिदिन भन्दै बैंक नम्बर समेत उपलव्ध गराएको उनले भने ।

दलालले भनेजस्तै गरि दुबै जनाले पटक—पटकगरि करिब ५० लाख रुपैयाँ मोहन श्रेष्ठको नाममा रहेको खातामा जम्मा गरेको सुनाए । उनि भन्छन्, ‘हामीले पैसा पठाउदै गर्दा सम्पर्कमा थिए, समय धेरै लाग्ने भयो, अब पैसा फिर्ता दिनु भन्दा सम्पर्क विहिन भएको उनले सुनाए ।


दाङका युवाले २०८० भदौं ७ गते चितवनका मोहन श्रेष्ठको नाममा रहेको ००८१—९९३—७६५० नम्बरको खातामा ६ लाख रुपैयाँ पठाए । त्यसअघि सोहि खातामा २०८० साउन २८ गते ४ लाख रुपैयाँ पठाए । यो सिलसिला जारी नै रह्यो । दलालले ५५ लाख खर्च लाग्ने भनेपछि उनले बैंकबाट ऋण लिएर दलाललाई पैसा पठाइरहेका थिए । सोहि खातामा मिति २०८० साउन १६ गते ८ लाख रुपैयाँ दाङको सिद्धार्थ बैंकबाट पैसा जम्मा गरे । त्यस्तै, २०८० साउन २६ गते सोहि खातामा ७ लाख रुपैयाँ जम्मा गरे । यो सहित उनले २५ लाख चितवनका मोहन श्रेष्ठलाई बुझाए ।

त्यस्तै उनका भाईले दुई लाख रकम बुझाएका थिए । त्यो सहित २७ लाख नगत श्रेष्ठको खातामा जम्मा गरे । २७ लाख जम्मा हुदा पनि अमेरिका लैजाने विषयमा कुनै साचो देखिएन्, भोली—भोली भन्दै भाका सार्ने फोन सम्पर्क गर्दा कहिले फोन काट्ने त कहिले निशेष गर्ने जस्ता काम हुदै गए । उनिहरुले सम्पर्कमा ल्याउन धेरै प्रयास गर्दा उनि सम्पर्कमा आएनन् । अन्नतः अहिले करिब ४ महिनादेखि उनि सम्पर्क विहिन छन् । त्यस्तै, दलाल मोहन श्रेष्ठका नाममा रुकुमपश्चिमका अर्का युवाले नेपाल बैंक लिमिटेड घोराही शाखाबाट सोहि खाता नम्बरमा मिति २०८० साउन २८ गते ५ लाख रुपैयाँ जम्मा गरे ।


त्यस्तै, सोहि मितिमा १० लाख रुपैयाँ जम्मा गरे । ग्लोवल आइएमई बैंकको मोबाइल बैंकबाट ५० हजार रुपैयाँ जम्मा गरिदिए । सोहि खातामा पुनः ९९ हजार ७ सय ५० रुपैयाँ जम्मा गरे । रुकुमपश्चिमका युवाले मिति २०८० । ९ । ३ गते आइएमई बैंकबाट मोहन श्रेष्ठको नाममा ४ लाख रुपैयाँ जम्मा गरे । त्यस्तै, मिति २०८० साल साउन १७ गते श्रेष्ठको नाममा १० लाख रुपैयाँ जम्मा गरिदिए । यसरी उनले पनि मोहन श्रेष्ठको नाममा २१ लाख ४९ हजार ७ सय ५० रुपैयाँ जम्मा गरे । दलाल श्रेष्ठको नाममा दुबै युवाले ४८ लाख ४९ हजार ७ सय ५० रुपैयाँ जम्मा गरे ।

तर, उनिहरु नत अमेरिका पुगे, नत अमेरिका पुग्ने कुनै सम्भावनाकै आशामा छन् । दुबै जनाको करिब आधा करोड लिएर अहिले मोहन श्रेष्ठ फरार छन् । उनिहरुलाई नेपालको प्रक्रिया पुर्याए दुबई लाने र बाँकी प्रक्रिया आफुले पुरा गर्ने आश्वासन दिएका साउथ अफ्रिका रहेका गोविन्द राज भारती बन्ने ब्यक्ती उनिपनि अहिले सम्पर्कमा छैनन् । रुकुमपश्चिमका एक युवा अहिले दुबईमा अलपत्र छन्,अमेरिका पुर्याउने सपना देखाएपछि दलालले दुबै जनालाई दुबई लैजान खोजेका थिए,तर त्यस मध्य एक जना दाङका युवा गएनन् प्रक्रीया पुरा भएमात्रै जाने भनेपछि रुकुमपश्चिमका युवा दुबई गए तर, अहिले उनि अलपत्र छन् ।

उनि दुबईको एक होटेलमा बन्धक जस्तै भइ बसिरहेको दाङका युवाले बताए । उनले दाङका युवालाई अमेरिका पुग्ने सम्भावना नभएको भन्दै खबर गरेपछि अहिले दलाल मोहन श्रेष्ठलाई खोजिगरिदिन सम्बन्धीत निकायमा धाइरहेका छन् । उनले , भने ‘अब मलाई अमेरिका जानु छैन, हामीले दिएको सबै रकम मोहन श्रेष्ठले फिर्ता गरिदिए हुन्छ’ । एउटा साथी दुबईमा अलपत्र छ, म यहाँ न्यायकालागि दौडधूपमा छु, अब हामी अमेरिका जान्नौ, मोहन श्रेष्ठ र गोविन्द भारतीलाई तत्काल पक्राउगरि रकम फिर्ता गरि कारबाही गरिदिन सम्बन्धीतको ध्यानाकर्षण गराउछौं उनले भने । यसैबीच, पीडित युवाले बैंक मार्फत तिन पुस्ते झिकाए वैदेशीक विभागमा उजुरी दिएका छन् ।