Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्री दाहालको रोचक तर्क, स्वर्ग र नर्क सँगै जाने कुरा १७ को हो, म झुक्किए !


प्रधानमन्त्री दाहालको रोचक तर्क, स्वर्ग र नर्क सँगै जाने कुरा १७ को हो, म झुक्किए !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको ठुलै दलले आफुलाई झुक्याएको बताएका छन् । उनले आज संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वास गर्दा धोखा पाएको भन्दै टिप्पणी गरे । उनले भने ओलीले ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनेर विश्वास दिलाउनुभएको थियो, त्यो मैले ढिलो बुझे ।

ओलीले आफूलाई वामपन्थी आन्दोलन अगाडि बढाउँदै आगामी चुनावसम्म सरकार लैजाने र एउटै पार्टी बनाएर चुनाव लड्नेसम्मको आश्वासन दिएको बताए । उनले भने, ‘चर्चाका बीचमा क्याबिनेटमा हस्ताक्षर हुन मात्रै बाँकी छ भन्ने कुरा गर्नुभएको   थियो । तर, मैले एमाले अध्यक्षसँग चार घण्टा कुरा गरेर आएको छु । राम्रो कुरा भएको छ, ढुक्कसँग काम गर्नु भनेँ । कति लाटो म । ओलीजीको कुरा सुनेपछि म फुर्केँ ।’ उनले फेरी भने, एमाले अध्यक्षको कला, क्षमता तारिफ गर्न लायक छ । धेरै नै तारिफ गर्न लायक छ । उहाँको हैसियतमा यहाँ कोही छैन ।

मलाई राम्रो फकाउनुभयो । वामपन्थी पो मिल्नुपर्छ कांग्रेस को हो र भन्नुभो । धेरै धेरै धेरै धेरै‘ । म मान्छे यस्तै छु, प्रचण्ड यस्तै छ । तपाईँहरूले चिन्नुभएको छ । अलिअलि सेन्टिमेन्टल, भावुक, मिठो गरी बोलेपछि होला त नि भनेर विश्वास गरेँ । फेरि वामपन्थी नै परेँ । अर्काे चुनावमा पश्चिम बंगाल भइन्छ भनेपछि हो जस्तो लाग्यो । सरकारको गियर परिवर्तनका लागि हो जस्तो ठानेँ ।

जनतामा आशा पनि जगाइयो । तर जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, विश्वास गरेँ त्यो षडयन्त्र रहेछ भन्ने थाहा पाउन म ढिला भएँ । केही मान्छे कुण्ठा र प्रतिशोधबाट बाहिर निस्किन सक्दैनन् भन्ने हिसाबै गर्न सकिनँ । लामा–लामा मिठा संवादहरूबाट लट्ठ्याइएँ । म अल्मलिए । स्वर्ग र नर्क सँगै जाने कुरा १७ को हो ।