काठमाडौं,भदौ १४ । भदौ २३ मा आईफोनको नयाँ सिरिज सार्वजनिक हुने भएको छ । एप्पलले आफ्नो वेवसाइट मार्फत भदौ अन्तिम साता लामो समय प्रतिक्षा गरिएको आईफोन १५ सिरिज सार्वजनिक गर्ने भएको हो ।कम्पनीका अनुसार नेपाली समय अनुसार भदौं २६ गते मंगलबार राति १० बजेर ४५ मिनेटदेखि एप्पलको प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।
इभेन्ट एप्पल टीभी, कम्पनीको वेबसाइट तथा युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुने उक्त नयाँ सिरिजमा आईफोन १४ मा देखिएका समस्याबारे सजकता अपनाउँदै १५ ल्याउन लागेको बताइएको छ ।कम्पनीले गत बर्ष आईफोन १४ सार्वजनिक गरेको थियो । सो सिरिजमा भने प्रयोगकर्ताले ब्याट्री लाइफको बिषयमा गुनासो गर्दै आएका थिए । क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थ्रियटरमा हुने इभेन्टमा आईफोन १५, नयाँ संस्करणका आईप्याड, म्याकलगायतका डिभाइस सार्वजनिक गर्ने तयारी छ।
नयाँ सिरिजमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो, आईफोन १५ प्रो म्याक्स र आईफोन १५ अल्ट्रा पनि हुन सक्ने अनुमान गरिएको छ । नयाँ सिरिजको आइफोनमा टाइप सी चार्जर पोर्ट समावेस भएर आउने बताइएको छ। कम्पनीले हालसम्म मूल्य भने सार्वजनिक गरेको छैन् । नेपालमा भने आईफोनको आधिकारीक वितरक ओलिज स्टोर र भिमसरिया समूह अन्तर्गतको इभो स्टोरले गर्दै आएका छन् । एप्पलले सार्वजनिक गरेको केहि महिनामै नेपाली बजारमा आईफोन १५ सार्वजनिक हुने बताइएको छ ।