काठमाडौँ । अर्थ मन्त्रालयले सय दिने कार्यक्रमअन्तर्गत उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेकामा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । महासंघले लामो समयदेखि उच्चस्तरीय आयोग गठनको माग राख्दै आएको थियो ।
अर्थतन्त्र सम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक विकास हासिल गर्नु पर्ने अहिलेको आवश्यकता भएकाले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो । महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकामा आभार व्यक्त गर्दछु,’ महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।