Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष थापा र पत्नी सजना पुर्पक्षका लागि थुनामा


कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष थापा र पत्नी सजना पुर्पक्षका लागि थुनामा

काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजबिक्रम थापा र उनकी पत्नी सजना राजकर्णिकारलाई पुर्पक्षकालागि थुनामा पठाइएको छ । बिहीबार जिल्ला अदालत ललितपुरका न्यायाधीश धनिश्वर पौडेलको इजलासले उनीहरुलाई थुनामा पठाउने आदेश दिएको हो ।

त्यस्तै सहकारीका सदस्यद्वय भीमसेन महर्जनलाई १५ लाख र सञ्जय सापकोटालाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न पनि आदेश दिएको छ । कृषि विकास बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

तर ४ जना मात्र पक्राउ परेका छन् । १ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरेको थियो ।