Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर नगरप्रमुख नकर्मीको निधन, अन्तिम श्रद्धाञ्जलीकालागि पार्थिव शरीर नगरपालिका प्राङ्गणमा राखिने


कीर्तिपुर नगरप्रमुख नकर्मीको निधन, अन्तिम श्रद्धाञ्जलीकालागि पार्थिव शरीर नगरपालिका प्राङ्गणमा राखिने

काठमाडौं । दुबै मृगौला पीडित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । केहि महिनाअघि मात्रै मृगौला प्रत्यारोपण गराएका प्रमुख नकर्मीको एक साताअघि एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको भेन्टीलेटरमा उपचार भइरहेको थियो । सघन कक्षमा उपचार गराइरहेका प्रमुख मेयर नकर्मीको निधनभएको नगरपालिका उपप्रमुख तथा प्रवक्ता शुभ लक्ष्मी शाक्यले जानकारी दिइन ।

अन्तिम श्रद्धाञ्जलीकालागि उनको पार्थिव शरीर बिहान ९ बजेबाट कीर्तिपुर स्थीत नगरपालिकाको कार्यालय प्राङ्गणमा राखिने भएको उपप्रमुख शाक्यको भनाई । नगरप्रमुख नकर्मीले लामो समयदेखि मृगौलाको उपचार गराइरहेका थिए । नेपाली काँग्रेस जिल्ला समितिको उपसभापति समेत रहेका प्रमुख नेपाली काँग्रेसबाट चूनाव जितेका थिए । उनि नकर्मी २०३६ सालदेखि कांग्रेसमा सक्रिय थिए । उनले नेपाली काँग्रेस जिल्ला सचिवको भूमिकामा समेत काम गरेका थिए ।