काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल,दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा।डा। कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा। नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन् ।
पाँच देशका लागि नियुक्त भएका राजदूतद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण