Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

टुँडिखेलमा आजदेखि‘सीप मेला’, विभिन्न विधामा नि:शुल्क तालिम उपलब्ध गराइने


टुँडिखेलमा आजदेखि‘सीप मेला’, विभिन्न विधामा नि:शुल्क तालिम उपलब्ध गराइने

काठमाडौं । मजदुर दिवसकै दिन काठमाडौंमा आजदेखि सीप मेला शुरु हुँदैछ । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । मेलामार्फत् एक महिनाको अवधिमा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने महानगरको लक्ष्य रहेको छ ।

उपमेयर सुनिता डंगोलकाअनुसार शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको आयोजना गरिएको हो । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउन लागेको महानगरले जनाएको छ ।

तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित विधा छन् । तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि महानगरले जनाएको छ । यस दिन रोजगारदाताहरु स्टलमा रहनु हुनेछ ।

सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउनेछ । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नेछ । रोजगारदाताले सीपयुक्त जनशक्ति प्राप्त गर्नेछ।