Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२ महिनामा २ अर्ब ७३ करोडको कफी, चिया र मसलाजन्य सामग्री निर्यात


२ महिनामा २ अर्ब ७३ करोडको कफी, चिया र मसलाजन्य सामग्री निर्यात

काठमाडौं, असोज ८। चालू आर्थिक वर्षको दुई महिनामा कफी, चिया र मसलाजन्य सामग्री २ अर्ब ७३ करोड १४ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात गरिएको छ। सोही अवधिमा १ अर्ब ९२ करोड ६८ लाख २३ हजार रुपैयाँको यस्तो सामग्री आयात भएको भन्सार विभागले बताएको छ।यी वस्तुको आयात गरेबापत सरकारले ५० करोड ४० लाख ९१ हजार रुपैयाँ राजस्व उठाएको छ।सबैभन्दा बढी आयात हुने मसलाजन्य सामग्रीमा जिरा रहेको विभागको तथ्यांक छ।

साउन र भदौमा ४८ करोड २५ लाख ६७ हजार रुपैयाँ बराबरको ९ लाख ७५ हजार ४१४ किलो जिरा आयात भएको छ। त्यस्तै सुकमेल ३८ करोड १७ लाख ६८ हजारको २ लाख ७७ हजार ९८४ किलो आयात भएको छ।

क्याप्सिकम वा पिमेन्ट जातका फल (सुकेको जा नधुल्याएको) २२ करोड ८० लाख १२ हजार रुपैयाँ बराबरको ११ लाख ६३ हजार ७९५ किलो आयात भएको विभागले बताएको छ। निर्यात हुने मसलाजन्य वस्तुमा अलैंची, कालो चिया र ताजा अदुवा सबैभन्दा धेरै रहेको छ। साउन र भदौम १ अर्ब ५० करोड ५ लख ८७ हजार रुपैयाँ बराबरको १२ लाख १३ हजार ७६० किलो अलैंची निर्यात भएको छ।

यस्तै ७३ करोड ६६ लाख ६५ हजारको २९ लाख ८५ हजार २७१ किलो अन्य कालो चिया निर्यात भएको छ। काँचो अदुवा ३० करोड ७५ लाख ९० हजार रुपैयाँको र ग्रिन टी ६ करोड ४८ हजार रुपैयाँको निर्यात भएको विभागले बताएको छ। विभागका अनुसार १ करोड ८ लाख ९५ हजार रुपैयाँको कफी निर्यात गरिएको छ।