Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुलमान घिसिङले भनेःविद्युत् महसुल नतिर्ने उद्योगहरूको लाइन काटिन्छ


कुलमान घिसिङले भनेःविद्युत् महसुल नतिर्ने उद्योगहरूको लाइन काटिन्छ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएकाहरू विद्युत् महसुल तिर्नुको विकल्प नभएको बताएका छन् । अदालत, अख्तियार र अन्य कुनै पनि निकायबाट आएका आदेश र निर्देशनले गर्दा पनि डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएकाहरूसँग महसुल उठाउनुको विकल्प प्राधीकरणसँग पनि नरहेको घिसिङले स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा घिसिङले २०७२ देखि २०७५ सालको बीचमा विभिन्न उद्योगहरूले सर्वसाधारण जनताले लोडसेडिङमा रहेको बेला डेडिकेटेड र ट्रंक लाइनको माध्यमबाट दिनमा २४ घण्टा विद्युत उपभोग गरेको बताउँदै त्यो बेला लिएको विद्युतको महसुल तिर्नैपर्ने उनले बताए ।

विगतमा कोभिडको र अन्य कारण देखाएर विद्युत महसुल नतिर्ने उद्योगको विद्युत लाइन नकाटिएको तर अब भने प्राधीकरणसँग महसुल उठाउनुको विकल्प नभएको र महसुल नतिरून्जेलसम्म लाइन काटिने पनि बताए । सबै निकाय र अख्तियारले पनि सुझावको रूपमा महसुल उठाउन लेखेर दिएको छ । अब विद्युत् प्राधीकरणलाई महसुल उठाउने बाहेक विकल्प छैन, हामी उठाउँछौं, उनले भने । विद्युत् नियमन आयोगबाट पनि चिठी लेखेर महसुल उठाउन भनेको घिसिङले जानकारी दिए ।

विद्यु्त सबस्टेसनबाट सिधै उद्योगमा पठाएको डेडिकेटेड लाइन र एउटा सबस्टेसनबाट अर्को सबस्टेसन जाने लाइनको बीचबाट उद्योगलाई दिइएको ट्रंक लाइनको विद्यु्त उपभोगको महसुल तिराउनका लागि प्राधीकरणले २०७६ सालमा नै पहल लिएको घिसिङको भनाइ थियो ।

त्यतिबेला काठमाडौंलगायतका सहरका अस्पताललगायतका क्षेत्रमा पनि लोडसेडिङको अवस्थामा राख्दा पनि उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्यु्त दिइएको उनले उल्लेख गरे । डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्यु्त लिने २ सय ३९ उद्योग तथा ग्राहकमध्ये १ सय ७८ वटाले महसुल तिरेको तर ६१ उद्योगीले भने महसुल नतिरेको घिसिङले जानकारी दिए ।

त्यसरी बिल नतिर्ने उद्योगीहरू अदालत पनि गएको तर त्यहाँबाट पनि महसुल नउठाउनु भनेर अदालतबाट आदेश नआएको घिसिङले बताए । घिसिङले विद्युत् महसुल नतिर्ने उद्योगहरूको लाइन काट्न लागिएको पनि बताएका छन् । उनले पछिल्लो २ हप्तामा २४ उद्योगको लाइन काटिएको जानकारी दिए ।