Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भाडा वृद्धिको मागबाट पछि हटे यातायात व्यवसायी


भाडा वृद्धिको मागबाट पछि हटे यातायात व्यवसायी

काठमाडौं,यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गर्दै असोज २८ गतेबाट देशभर रुट पर्मिट खुल्ला गर्ने भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी र सरकार बीच भएको छलफलमा ११ निर्णय गर्दै पर्मिट खुल्लासँग भाडा वृद्धि तत्काल गर्ने बताएको छ।

यातायात व्यवसायी यस अघि लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि नभएसम्म दशैंको लागि अग्रिम टिकट बुकिङ नखोल्ने बताएका थिए। तर, यातायात मन्त्रालयमा भएका छलफलमा यातायात व्यवसायी भाडा वृद्धिको मागबाट पछि हटेका हुन्। त्यसैगरी यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने बताइएको छ। त्यसैगरी अनधिकृत काउन्टर, परिचय पत्र, पेशाक नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने तयारी छ।

बैठकले अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु २०८० साल असोज २८ गतेदेखि कार्तिक ०८ गतेसम्म नारायणघाटदेखि काठमाडौसम्म सञ्चालन गर्न रोक लगाउने भएको छ।यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वाँरले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने र भाडा वृद्धिको विषयमा चाडपर्वपछि कमिटि गठन गर्ने निर्णय भएको बताए।

हामीले चाडपर्वको मुखमा भाडा वृद्धिको मागले गलत सन्देश जाने र यातायात प्रभावित हुने भएकाले यो विषयलाई तत्काल स्थिगित गरिएको हो