Saturday, July 05, 2025

२०८२ असार २१, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

८ बुँदे घोषणापत्र जारी गर्दै अपि हिमालमा वेस क्याम्प भ्रमण सप्ताह सम्पन्न


८ बुँदे घोषणापत्र जारी गर्दै अपि हिमालमा वेस क्याम्प भ्रमण सप्ताह सम्पन्न

काठमाडौं, विश्व पर्यटन दिवस तथा भ्रमण बर्ष २०८०को अवसरमा दार्चुला जिल्लास्थित अपि हिमालको वेश क्याम्प भ्रमण वेश क्याम्पमा ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न यरिएको छ। यस बर्ष पर्यटन दिवस अपि हिमालको वेश क्याम्पमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, पर्यटन व्यवसायी, राजनीतिक दल, अधिकारकर्मी, कलाकार, पत्रकारहरूको सहभागितामा मनाइएको छ। अपि हिमाल गाउँपालिकाले आयोजना गरेको दोस्रो भ्रमण सप्ताहमा एक साताको भ्रमण तय गरि अपिहिमाल पुगेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले दार्चुलाको हिमाली क्षेत्रमा पालिने भेडा,च्याङ्ग्रा तथा त्यहाँको जडीबुटीहरूको व्यापार प्रवर्धनमा टेवा पुर्‍याउने आधारका कार्यक्रम तय गर्ने बताए।

उनले हिमाली क्षेत्रका बासिन्दाहरूको समस्या प्रति सरकार जानकार रहेको बताउँदै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।जिल्लाको महाकाली नगरपालिकाका मेयर नरसिंह चैंसीर र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले छिमेकी गाउँपालिकामा रहेको अपि हिमालको पर्यटन प्रवर्धनमा आफूहरूको साथ रहने प्रतिबद्धता व्यक्त गरे।नेपाल पर्वतारोहण संघका पूर्व सचिव दिवस पोख्रेलले अपिहिमाल आरोहणको अनुमतिका लागि संघ सकारात्मक रहेको भन्दै उचित संरचना निर्माणका लागि सम्बन्धित निकायहरूमा पहल गर्ने बताए।

अपि हिमालको विकास तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि तिनै तहको सरकार, दातृ निकायहरू, पर्यटन व्यवसायी सबैको साथ आवश्यक भएको बताए। पर्यटन व्यवसायी मायाँ प्रकाश भट्टले अपिहिमाल सुदूरपश्चिमको पर्यटकीय गन्तव्य बनाउन सकिने भएकाले त्यसमा आफूहरूको भूमिका रहने बताए। बैतडीका पत्रकार एवं सामुदायिक रेडियो प्रसारक संघका प्रदेश सचिव अमर राज भट्टराईले सञ्चारमाध्यद्वारा अपि हिमालको प्रचार प्रसारका लागि भूमिका निर्वाह गर्ने बताए।