Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

३४ पृष्ठको राहदानीका लागि आवेदन खुला


३४ पृष्ठको राहदानीका लागि आवेदन खुला

काठमाडौं । राहदानी विभागले आज असोज १ गतेदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । त्यसैले अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ । ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो ।

सरकारले साधारण सेवाग्राहीका लागि ३४ पृष्ठ र ६६ पृष्ठका गरी दुई प्रकारका राहदानी वितरण गर्दै आएको छ । ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको १० हजार रुपैयाँ लिने गरिएको थियो । ३४ पृष्ठको, राहदानी वितरण रोकिएपछि २०८० असार ३ गतेदेखि ६६ पृष्ठको लागि पनि ३४ पृष्ठको सरह ५ हजार रुपैयाँ दस्तुर लिन सुरु गरेको थियो ।