Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लप्सीफेदी सबस्टेसन निर्माण पुनःअबरोध


लप्सीफेदी सबस्टेसन निर्माण पुनःअबरोध

काठमाडौं । स्थानीयको अवरोधका कारण लामो समयदेखि निर्माण अवरुद्ध हुँदै आएको लप्सीफेदी सबस्टेसन निर्माणका स्थानीयले पुनः अवरोध सिर्जना गरेका छन् ।

आवश्यक सुरक्षा प्रबन्धका लागि सरकारले सुरक्षा पोस्ट स्थापना गर्ने क्रममा आक्रमणसमेत गरेका छन् । जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेको थियो । 

सोही निर्णयका आधारमा शुक्रबार बेस क्याम्प स्थापना गर्न जाँदा त्यस क्षेत्रका केही स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए । त्यस क्रममा केही प्रहरी घाइते भएका थिए । प्रहरीले आक्रमणमा संलग्न १४ जनालाई नियन्त्रणमा लिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले शङ्खरापुर नगरपालिका–३ स्थित बोझेनीमातामा कोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यका ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००-२२०-१३२-११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

सबस्टेसन निर्माणका लागि आवश्यक सबस्टेसनका लागि ५० जना जग्गाधनीको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । २०७४ माघमै राजीखुसीमै मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । जग्गाधनीले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिबापत करिब ५० करोड रुपियाँ वितरण गरिएको छ ।