Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर नगरप्रमुख नकर्मीको निधनः अन्तिम श्रद्धाञ्जलीमा सभापति देउवादेखि बालेन शाह सहभागि[भिडिओ सहित]

कीर्तिपुरमा कम्युनिष्टहरूको किल्ला भत्काएका मेयर न...


कीर्तिपुर नगरप्रमुख नकर्मीको निधनः अन्तिम श्रद्धाञ्जलीमा सभापति देउवादेखि बालेन शाह सहभागि[भिडिओ सहित]

काठमाडौं । दुबै मृगौला पीडित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनमा उनलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न व्यक्तीहरुको उपस्थिीत रह्यो । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंह, कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत, सांसद राजन केसी, पुकार महर्जन लगाएतका नेताहरुको उपस्थिति थियो ।

त्यस्तै काठमाडौं, ललितपुर, भक्तपुरलगायत काठमाडौं उपत्यकाका सबै मेयरहरुको उपस्थीति रहेको थियो । काठमाडौंका प्रमुख बालेन्द्र शाह, ललितपुरका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरीका प्रमुख घनश्याम गिरी लगायत उपमेयरहरुको उपस्थीति रहेको थियो । त्यसतै ठुलो मात्रामा स्थानियहरुको उपस्थीति रहेको थियो । कजेलहरु, स्कुलहरुका बालबालिकाहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए । कीर्तिपुर नगरपालिकाले आज शोकविदा दिएको छ ।

कम्युनिष्टहरूको किल्ला भत्काएका मेयर नकर्मी
नेपाली काँग्रेसको राजनीतिमा लामो समय आफुलाई उभ्याएका राजकुमार नकर्मी एक सच्चा इमान्दार नेता थिए । वि.स.२०३६ सालदेखि कांग्रेसमा सक्रिय उनि काँग्रेसको प्रतिबन्धित कालमा समेत सक्रिय राजनीतिमा थिए । निष्ठा र इमान्दारीतालाई राजनीति मान्य उनि त्यहि राजनीतिलाई समाजसेवा भन्ने गर्थे । प्रमुख नकर्मी दुबै मृगौलामा गम्भीर समस्या आएपनि जनाताको मतको कदर गर्दै निरन्तर कार्यसम्पादनमा थिए । नेपाली कांग्रेस विद्यार्थी राजनीतिदेखि काठमाडौं जिल्ला सचिव हुँदै उपसभापति बनेका नकर्मी गत निर्वाचनमा काँग्रेसबाट कीर्तिपुरको प्रमुखमा निर्वाचित भएका थिए ।

कीर्तिपुर भन्नसाथ कम्युनिष्टहरूको किल्लाको रूपमै लिइन्छ । नकर्मीले कीर्तिपुरको कम्यूनिष्ट किल्लालाई भत्काएका थिए । उनले बुहदलिय व्यवस्थापछि पहिलो पकट कीर्तिपुरमा काँग्रेसलाई चुनाव जिताएका थिए । प्रमुख नकर्मीले आफुलेमात्रै चुनाव जितेनन्, कीर्तिपुरका १० मध्ये ९ ओटा वडासमेत आफ्नो पक्षमा ल्याएका थिए । प्रमुख नकर्मीले जनताले परिवर्तन र विकासलाई संस्थागत गर्न आफुलाई मतदान गरेको बताउदै आएका थिए ।

कीर्तिपुर नगरमा चार जना जनप्रतिनिधि रिक्त
प्रमुख नकर्मीको निधनसँगै यस नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । वडा नम्बर १ र ४ का अध्यक्षको निधन भई सकेको छ, भने कार्यपालिका सदस्य श्याम दानकोटीको समेत निधन भएसँगै रिक्त सख्या चार जना पुगेको हो ।