Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने


शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्काशन  गर्ने

काठमाडौं, असोज ३ । शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज २५ गते, बिहीबार सभा बोलाएको हो। कम्पनीको सभा यती इभेन्ट्स एण्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको ठेगाना परिवर्तन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन् सक्नेछन्।