Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सौर्य जहाज दुर्घटनाः १८ जनाको शव निकालियो, विमान चालकको केएमसीमा उपचार हुँदै[ सूचीसहित]


सौर्य जहाज दुर्घटनाः १८ जनाको शव निकालियो, विमान चालकको केएमसीमा उपचार हुँदै[ सूचीसहित]

काठमाडौं । जहाज मर्मतका लागि काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुदा १८ जनाको मृत्युभएको खुलेको छ । त्रिभुवन विमानस्थलमा बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना मृत्युभएका मध्ये १८ जनाको शव निकालिएको बताइएको छ । अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारी अनुसार अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् ।

विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।