Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयमा, अन्तरदेशीय आपराधिक संगठित सञ्जाल सक्रियः सीआईबी


सुन प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयमा, अन्तरदेशीय आपराधिक संगठित सञ्जाल सक्रियः सीआईबी

काठमाडौं, भदौ २७ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ब्रेक सु’ लगायतका माध्यमबाट भएको सुन तस्करी प्रकरणको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गरेको हो । विभिन्न माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लागेको दाबी सीआईबीले गरेको छ ।

यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ । सीआईबीले पत्रकार सम्मेलनपछि बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गरेको हो । उनीहरुलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन २०६४ को दफा ५७, १, घ, को १ ख, संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ । यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । १८ जना फरार छन् । फरार मध्ये १४ जना विदेशी नागरिक हुन् । सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी राय दिएको हो ।

’हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा बिदेशी नागरिकहरू पक्राउ परेका र रेडिट्रेड प्रा.लि.बाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा वरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मुल्य ३,५०,०२,१६,५५२– तिन अरब पचास करोड दुई लाख सोह हजार पाँच सय वाउन्न बराबरको सनु अवैध पैठारी भएको पुष्टि हुन आएको’ सीआईबीले पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा छ ।

त्यसैगरी सुन अवैध पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीहरू द्वारा ल्याईएको सुनको विवरणको पनि थप अनुसन्धान जारी राखिएको सीआईबीले जनाएको छ । ’यस प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकहरूले झुटा विवरण पेश गरि नेपाली नागरिकता तथा राहदानी समेत लिएको पुष्टि हुन आएको हुदाँ सो सम्बन्धमा समेत थप अनुसन्धान भई रहेको छ’ विज्ञप्तिमा छ । गत असार २ मा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगल स्थित त्रि।वि। भन्सार कार्यालय परिसर बाहिर बा २ ज २३२४ नम्बरको ट्यागसीमा गाडीको ब्रेक प्याड १६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो । बरामद भएको उक्त ब्रेक प्याडमा अवैध सुन भएको पुष्टि भएको थियो ।

ब्रेक प्याड, सेभर, स्मार्ट वाच लगायतका उपकरण प्रयोग गरेर सुन तस्करी हुने गरेको पनि अनुसन्धानमा देखिएको छ । ६०.७१६ केजी सुन, ११८० सेट ब्रेक प्याड, सुन गाल्ने मेसिन १० वटा बरामद भएको थियो । त्यस्तै सीआईबीले सुनको अवैध पैठारी अन्तरदेशीय आपराधिक संगठित सञ्जाल नै सक्रिय रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निष्कर्ष निकालेको छ । पछिल्लो सुन तस्करीको छानबिन गर्ने क्रममा सीआईबीले यो कार्यमा नेपाली र विदेशी नागरिकहरू संलग्न रहेको उल्लेख गरेको छ । सीआईबीले बुधबार गरेको पत्रकार सम्मेमलनमा ६० किलोलगायतका सुन तस्करीमा यो यस्तै गिरोह संलग्न रहेको र यसमा विभिन्न भुक्तानी प्रणालीबाट कारोबार गरेको देखिएको सीआईबी अनुसन्धानमा छ। सीआईबीका अनुसार यस्तो संगठित अपराधको सञ्जालले क्रिप्टोकरेन्सी र एलिने, एएनटीपे, ग्लोबपे, वीनपेलगायतका डिजिटल वालेटबाट भुक्तानी भएको देखिएको छ।

सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबारमा समेत यो सञ्जाल सक्रिय रहेकाले यो विषयमा नेपाल राष्ट्र बैंकसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको सीआईबीले बताएको छ । पछिल्लो सुन तस्करीमा ३२ जना पक्राउ परेका छन् । १८ जना फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक छन् । सुनको कारोबारको मुख्य डिल हङकङमा हुने गरेको र त्यहाँबाट नेपाल हुँदै बाहिर जाने गरेको सीआईबीको अनुसन्धानमा देखिएको छ । सुन बेच्ने मान्छे हङकङबाटै टुंगो हुने गरेको, किन्ने मान्छेसम्म कोडको माध्यमबाट जाने गरेको देखिएको छ । सुन पगालेर बिस्कुट आकारमा तयार गरी बेच्ने गरिएको, सुन गाल्नका लागि काठमाडौंको टोखा र लाजिम्पाटमा कारखाना नै खोलिएको सीआईबीले बताएको छ।

अन्तरदेशीय आपराधिक संगठित सञ्जाल सक्रियः सीआईबी सुनको अवैध पैठारी अन्तरदेशीय आपराधिक संगठित सञ्जाल नै सक्रिय रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निष्कर्ष निकालेको छ । पछिल्लो सुन तस्करीको छानबिन गर्ने क्रममा सीआईबीले यो कार्यमा नेपाली र विदेशी नागरिकहरू संलग्न रहेको उल्लेख गरेको छ। सीआईबीले बुधबार गरेको पत्रकार सम्मेमलनमा ६० किलोलगायतका सुन तस्करीमा यो यस्तै गिरोह संलग्न रहेको र यसमा विभिन्न भुक्तानी प्रणालीबाट कारोबार गरेको देखिएको सीआईबी अनुसन्धानमा छ । सीआईबीका अनुसार यस्तो संगठित अपराधको सञ्जालले क्रिप्टोकरेन्सी र एलिने, एएनटीपे, ग्लोबपे, वीनपेलगायतका डिजिटल वालेटबाट भुक्तानी भएको देखिएको छ ।

सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबारमा समेत यो सञ्जाल सक्रिय रहेकाले यो विषयमा नेपाल राष्ट्र बैंकसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको सीआईबीले बताएको छ । पछिल्लो सुन तस्करीमा ३२ जना पक्राउ परेका छन् । १८ जना फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक छन् । सुनको कारोबारको मुख्य डिल हङकङमा हुने गरेको र त्यहाँबाट नेपाल हुँदै बाहिर जाने गरेको सीआईबीको अनुसन्धानमा देखिएको छ । सुन बेच्ने मान्छे हङकङबाटै टुंगो हुने गरेको, किन्ने मान्छेसम्म कोडको माध्यमबाट जाने गरेको देखिएको छ । सुन पगालेर बिस्कुट आकारमा तयार गरी बेच्ने गरिएको, सुन गाल्नका लागि काठमाडौंको टोखा र लाजिम्पाटमा कारखाना नै खोलिएको सीआईबीले बताएको छ ।