Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विपिन जोशीको उद्धारमा कतार सरकारमार्फत पहल गर्न कांग्रेस महामन्त्री शर्माको आग्रह


विपिन जोशीको उद्धारमा कतार सरकारमार्फत पहल गर्न कांग्रेस महामन्त्री शर्माको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि कतार सरकारमार्फत पहल गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री शर्माले सरकारले त्यसबारे पहल लिनुपर्ने बताए ।

महामन्त्री शर्माले काँकडभिट्टा नाका नखुल्दा पर्यटन आवागमन ठप्प भएको भन्दै नाका खुलाउने विषयमा समेत पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । ‘भारत, बंगलादेश र भुटान तीन देशसँग निकटमा रहेको एकमात्र सीमानाका काँकडभिट्टा हो ।

कोभिडको बेलामा बन्द गरिएका बीरगञ्ज, नेपालगञ्च लगायत सीमा नाकाहरू खुला भइसकेका छन् । तर भारतीय अध्यागमनले पर्यटकको इन्ट्री र एक्जिट खुला नगरेका कारण काँकडभिट्टाबाट पर्यटकहरूको आवागमनमा अवरोध कायम छ,’ उनले भने, ‘यसले त्यहाँको पर्यटन व्यवसायमा असर परेको छ । सरकारले अविलम्ब भारत सरकारसँग संवाद गरेर काँकडभिट्टा नाका खुलाउन माग गर्दछु ।’