Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं उपत्यकासहितका जिल्लामा वायुप्रदूषण बढ्यो


काठमाडौं उपत्यकासहितका जिल्लामा वायुप्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहितका जिल्लामा वायुप्रदूषण ह्वात्तै बढेको छ । आज बिहान सवा आठ बजेको समयसम्म काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुर, भरतपुर र दाङको देउखुरीको वायु खराबस्तरमा पुगेको छ । सबैभन्दा बढी वायु प्रदूषण दाङ देउखुरीमा छ । बिहान सवा आठ बजेको समयमा त्यहाँको वायु गुणस्तर सूचक (एक्यूआई) १७७ पुगेको छ ।

यही समयमा बुधबार १२० एक्यूआई थियो । त्यसपछि भक्तपुरमा बुधबार ९२ एक्यूआई रहेकामा बिहीबार १६० र ललिपुरको खुमलटार क्षेत्रमा बुधबार १०४ एक्यूआई रहेकोमा बिहीबार १३४ पुगेको छ । चितवनको भरतपुरमा पनि आज वायुप्रदूषण छ । त्यहाँको एक्युआई १५६ छ । एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।