Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बर्षा


काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बर्षा भइरहेको छ । सुदूरपश्चिमका जिल्लाबाट मनसुन बाहिरिने तरखरमा रहेका बेला पूर्वी र मध्य क्षेत्रमा भने वर्षा भइरहेको हो । आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । वर्षा मध्यमदेखि भारी खालको छ । आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने सम्भावना छ ।

काठमाडौंको उत्तरी भेगमा भारी वर्षा भइरहेको छ । भारतको उत्तर—पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा वर्षा गराइरहेको हो । यसको असर आज र भोलिसम्म रहने सम्भावना छ । यद्यपि पानी पार्ने यो प्रणाली पूर्वबाट पश्चिमतिर सर्ने क्रममा क्रमशः कमजोर हुँदै गएको छ ।

असोज १० गतेदेखि १२ गतेसम्म भएको भारी वर्षाले जमिन कमजोर भएको ठाउँमा पनि यो वर्षाले पहिरो जान सक्ने सम्भावना हुने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । मौसमविदको सुझाव अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १५ गते नै सूचना निकालेर १८ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन—चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बाग्मती प्रदेशका एक—दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ । कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानहरुमा आज हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तो सम्भावना शुक्रबारसम्मै रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।