Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकिङ क्षेत्रमा सुरक्षा चुनौती बढ्दो, सरकारले सकारात्मक कदम चाल्न बैंकर्स संघको आग्रह


बैंकिङ क्षेत्रमा सुरक्षा चुनौती बढ्दो, सरकारले सकारात्मक कदम चाल्न बैंकर्स संघको आग्रह

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रमा सुरक्षा चुनौती थपिएको भन्दै सरकारबाट सकारात्मक सहयोग आवश्यक रहेको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले अनर्गल प्रचारले बैकिङ क्षेत्रप्रति भ्रम फैलिएका बेला सरकारबाट सकारात्मक सन्देश आवश्यक रहेको बताए ।

‘लघुवित्तको ऋण तिर्नु पर्दैन भन्ने भ्रम छरिएको छ, बैंकहरु डुब्न लागे भन्ने भ्रम र हल्ला फैलाइएको छ तर सरकारबाट कुनै सपोर्ट भएको छैन’ उनले भने । ठूलो अर्थतन्त्र भएका मुलुकहरुमा पनि ब्याजदर बढ्ने क्रम रोकिएर स्थायित्व देखिन लागेको उदाहरण दिँदै उनले नेपालमा ब्याजदर सामान्य अवस्थाभन्दा पनि तल झरिसकेको बताए । ‘अमेरिकामा मुद्रास्फिति ३ प्रतिशत माथि छ र २ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ, रोजगारी सिर्जना र अर्थतन्त्रको ग्रोथ राम्रो रहेकोले त्यहाँ ब्याजदर घट्ने अपेक्षा गर्न सकिन्छ’ उनले भने ।

नेपाली बैंकिङ क्षेत्रको कुल निष्कृय कर्जा केही बढे पनि खुद निष्कृय कर्जा करिब १ प्रतिशत मात्रै रहेको केसीले बताए । ‘खुद तरल सम्पत्ति २९ प्रतिशत छ । पछिल्लो ४ वर्षदेखि लगातार रिटर्न अन इक्विटी घटेर पछिल्लो त्रैमासमा १० प्रतिशत भन्दा तल करिब ९ प्रतिशत छ’ उनले भने । हाल बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको र आगामी दुई त्रैमासमा अझै बढ्न सक्ने उनको भनाइ छ ।

‘बैंकहरुको जोखिम प्रोभिजन बढेको छ, जुन आवश्यक पनि छ’ उनले भने । सरकारको स्टिमुलस प्याकेज सानोसानो क्षेत्रमा आउन नसक्दा र निर्माण क्षेत्रमा पनि समस्या हुँदा एसएमई र निर्माण क्षेत्रमा निष्कृय कर्जा बढेको केसीले बताए ।