Saturday, August 23, 2025

२०८२ भाद्र ७, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पर्यटन बोर्डले ल्यायो २ अर्ब १ करोड २३ लाखको बजेट


पर्यटन बोर्डले ल्यायो २ अर्ब १ करोड २३ लाखको बजेट

काठमाडौं,असोज ७। नेपाल पर्यटन बोर्डले २ अर्ब एक करोड २३ लाख बजेट ल्याएको छ। बोर्डले चालू आर्थिक वर्ष २०८०,८१ का लागि यो बजेट ल्याएको हो।बोर्डको सञ्चालक समितिको बैठकले शनिबार उक्त बजेट स्वीकृत गरेको हो। दुई महिना अघि नै बजेट पेस गरे पनि विभिन्न कारण स्वीकृत हुन सकेको थिएन।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले चालू आर्थिक वर्षको बजेटमा पर्यटन प्रवर्द्धन, अनुसन्धान, ट्रेकिङ गन्तव्य लगायतका विषयलाई समेटिएको बताए।उनकाअनुसार बोर्डले यसपाली सातवटै प्रदेशमा एक प्रदेश एक हिल स्टेशनको सुरूवात गर्नेछ। यो कार्यक्रम पुरानै हो तर सुरूवात गर्न सकिएको थिएन।

त्यस्तै, पर्यटन प्रवर्द्धनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने उनले बताएका हन्। बोर्डको मुख्य काम नै पर्यटन प्रवर्द्धन गर्नु हो, उनले थपे, यसअन्तर्गत रहेर स–साना पदमार्ग बनाउने, जनसम्पर्क र अनुसन्धानमूलक कामहरू गर्ने लगायत काम हुनेछ। साथै पर्यटकीय गन्तव्यहरूको पहिचान गरी प्रचारप्रसार गर्नेका लागि बोर्डले बजेट ल्याएको छ।