Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दशैं बिदामा पनि पेट्रोलियम पदार्थ वितरण रोकिदैनः निगम


दशैं बिदामा पनि पेट्रोलियम पदार्थ वितरण रोकिदैनः निगम

काठमाडौं । नेपाल आयल निगमले दशैं बिदामा पनि पेट्रोलियम पदार्थ वितरण गर्ने जनाएको छ । निगमका अनुसार काठमाडौंमा थानकोटदेखि देशभरिका डिपो र कार्यालयबाट स्थानीय आवश्यकताका आधारमा पेट्रोलियम पदार्थ बिक्री वितरण निरन्तर हुने छ । विराटनगर डिपो २४ र २८ असोजमा खुला रहने छ ।अमलेखगञ्ज डिपो २४, २५ र २८ असोजमा खुला रहने भएको छ । थानकोट डिपो २४, २५ र २८ असोजमा खुला हुनेछ । सुर्खेत, भैरहवा र पोखरा डिपो २४ र २८ मा खुल्ने छन् । त्यसैगरी धनगढी डिपो २४, २७ र २८ असोजमा खुल्ने भएका छन् । धनुषा डिपो २४ र २७, नेपालगञ्ज आवश्यकता अनुसार, दाङ २७ असोज, वीरगञ्ज २४ र २८, चारआली २४ र २८ तथा दिपायल शाखा आवश्यकता अनुसार खुला हुने निगमले जनाएको छ ।