Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीनले जारी गरेको चुच्चे नक्साको विषयमा प्रधानमन्त्रीको भ्रमणमा कुरा हुन्छः सापकोटा


चीनले जारी गरेको चुच्चे नक्साको विषयमा प्रधानमन्त्रीको भ्रमणमा कुरा हुन्छः सापकोटा

काठमाडौं, भदौ १५ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन्।शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले यस्तो प्रस्टीकरण दिएका हुन्।

उनले नेपाली भूमि नेपालको नक्सामा नदेखाइएको विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन्। चीनले जारी गरेको नक्साको सम्बन्धमा त्यो के भयो किन त्यस्तो हुन गयो किन त्यसरी धेरै महत्वपूर्ण विषयलाई समेटिएन यसबारे त कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ ।कूटनीतिक पहलकदमी अलिकति बढाउनुपर्छ भन्ने सुझाव पनि छ ।

मुख्यतः हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । प्रवक्ता सापकोटाले एमसिसी परियोजना कार्यान्वयनका लागि संसदबाट गरिएको १२बुँदे व्याख्यात्मक घोषणा एमसिसीको अंग बनाउनुपर्ने बताए। माओवादी केन्द्र व्याख्यात्मक घोषणालाई एमसिसीको अंग बनाएर मात्रै सो परियोजना अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको उनले प्रस्ट पारेका छन्।