Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तरकारीमा अत्यधिक विषादी प्रयोग गर्ने कृषक २६.७ प्रतिशत


तरकारीमा अत्यधिक विषादी प्रयोग गर्ने कृषक २६.७ प्रतिशत

काठमाडौँ । नेपालीको दैनिक भान्सामा नभई नहुने तरकारीमा अझै पनि विषादीको प्रयोग हुँदै आएको छ । सरकारले सार्वजनिक गरेको कृषि गणना २०७८ अनुसार तरकारी बाली लगाउने कृषकको परिवारसंख्या १९ लाख ७७ हजार ५ सय ७१ छन् ।

कुल तरकारी कृषकमध्ये ५ लाख २८ हजार १२ परिवारले तरकारीमा विषादीको प्रयोग गर्छन् । यसमध्ये पनि ६८ हजार एक सय १४ परिवारले तरकारीमा कडा विषादीको प्रयोग गर्दै आएका छन् । त्यस्तै ३ हजार ६ सय ९७ परिवारले तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्दै आएको कार्यालयले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार भक्तपुर, काभ्रे र तराईका सीमा क्षेत्रमा जिल्लाहरुमा लगाइएको तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्ने गरेको तथ्यांक संकलनका क्रममा बताएका छन् । तथ्यांक संकलनका क्रममा कूल तरकारी लगाउने कृषकको संखया मध्ये ७३.३ प्रतिशतले विषादीको प्रयोग नगरेको बताएका थिए ।