Friday, June 13, 2025

२०८२ जेष्ठ ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नौ महिनामा करिब ७ लाख पर्यटक नेपाल भित्रिए


नौ महिनामा करिब ७ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं, सन् २०२३ को नौ महिनामा करिब ७ लाख पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म ६ लाख ९२ हजार ३७२ जना पर्यटक भित्रिएका हुन्।तथ्यांक अनुसार सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका छन्। पर्यटकीय सिजन सुरू भइसकेकाले पर्यटकको संख्यामा वृद्धि भएको देखिन्छ।

सेप्टेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन्। बोर्डका अनुसार भारतबाट २८ हजार ६९४ जना पर्यटक भित्रिएका हुन्। त्यस्तै, चीनबाट ८ हजार १७४, अमेरिकाबाट ७ हजार ३६४, बंगलादेशबाट तीन हजार ७१६, अष्ट्रेलियाबाट तीन हजार ६८५, बेलायतबाट तीन हजार ६४०जना पर्यटक भित्रिएका छन्। त्यस्तैगरी, श्रीलंकाबाट तीन हजार ११, जर्मनीबाट २ हजार ८५२ र दक्षिण कोरियाबाट दुई हजार पर्यटक भित्रिएका हुन्।