Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा ३३.२० अंकले गिरावट


सेयर बजारमा ३३.२० अंकले गिरावट

काठमाडौं, सेयर बजारको परिसूचक नेप्से १९७१ अंकमा झरेको छ। नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३३.२० अंकले घटेको हो। दिनभर कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ।सेयर बजार १९७१ अंकमा झर्‍यो, सबै सूचकमा गिरावटजम्मा १० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने २ को स्थिर रहृयो। हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै ३.३ प्रतिशत घट्यो।

जसमध्ये बैंकिङ १३, विकास बैंक ५३, फाइनान्स ३८, होटल तथा पर्यटन ८४, जलविद्युत् ७२, जीवन बीमा २११, उत्पादन तथा प्रशोधन ६९, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा १६७, अन्य २२ र व्यापार उपसमूह ५४ अंक घटे।सयपत्री हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो भने पिपुल्स पावरको ६ प्रतिशत बढ्यो।५ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ।

अपर हेवाखोला, एसियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, सिटिजन्स लाइफ इन्स्योरेन्स र मेन्छियाम हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो। जसमध्ये सिटिजन्स लाइफको आजैदेखि कारोबार सुरु भएको हो। सो कम्पनीको मूल्य बजार बन्द हुादा ४५७ रुपैयाा २० पैसामा झरेको छ। कारोबार रकमका आधारमा सिटिजन्स लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन् ।