काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडक २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको छ । एउटा ट्रकका कारण अवरुद्ध भएको सडक बैकल्पीक मार्ग निर्माण गरेपछि सञ्चालनमा आएको हो । सोमबार साँझदेखि परेको पानीका कारण नवलपुरको गैँडाकोट थुम्सीमा सडक भासिदा राति २ बजेदेखि अवरुद्ध सडक ११ घण्टापछि एकतर्फी र २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको नवलपुर प्रहरीले जनाएको छ । सडक छेउमा फसेको बा प्र ०३–००१ ख ०९६१ नम्बरको ट्रकका कारण बाटो अवरुद्ध भएको थियो । नारायणघाट–बुटवल सडक योजनाको लापरवाही लामो समय बाटो अवरुद्ध हुँदा यात्रुले सास्ती पाउनु परेको थियो । ट्रक तान्न दुम्कीबाट मगाइएको क्रेन दाउन्नेमा जाममा फसेकाले अहिलेसम्म पनि घटनास्थलमा नपुगेको प्रहरीले जनाएको छ । क्रेन नआएपछि वैकल्पिक बाटो निर्माण गरेर सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
नारायणघाट–बुटवल सडक २२ घण्टापछि पूर्ण सञ्चालनमा