Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दशैँलाई नयाँ नोट बडाउने राष्ट्र बैंकको तयारी


दशैँलाई नयाँ नोट बडाउने राष्ट्र बैंकको तयारी

काठमाडौं, असोज ९। दशैँ तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीको व्यवस्था गर्ने भएको छ। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रिय बैंकले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले सटही सुविधा उपलब्ध गराउने बताएको छ। केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाबाटनै नोट साट्न सकिनेगरी व्यवस्था गर्ने भएको छ।

यस्तै केन्द्रिय बैंक र प्रादेशिक कार्यलयहरुबाट समेत सटही सुविधा उपलब्ध गराउने छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल नोट सटहीको सुविधा उपलब्ध गराउने छ।यस वर्ष केन्द्रिय बैंकले घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउनेगरी तयारी गरिरहेको बताएको छ।

दशैँमा नयाँ नोट वितरण गर्दा नोटको आयु चाँडै सकिने भन्दै केन्द्रीय बैंकले नयाँ नोट वितरण गर्न नहुने धारण राख्दै आएको थियो। कोभिडको समयमा नयाँ नोट सटही नगरेको भए पनि अन्य समयमा भने हरेक वर्ष नयाँ नोट सटही गर्दै आएको छ। करोडौ रुपैयाँ खर्चेर छपाइएको नयाँ नोट दशैँमा वितरण गर्दा रङले नोटको आयु घट्ने गरेको छ। दशैँमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिदा देशलाई नै घाटा हुन्छ।